फिल्म ‘कर्मा’मा विपिनको एक्सन अवतार, यस्तो छ सेटबाट बाहिरिएको तस्बिर « Khabarhub

फिल्म ‘कर्मा’मा विपिनको एक्सन अवतार, यस्तो छ सेटबाट बाहिरिएको तस्बिर


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिँदैछन् । उनलाई निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’मा एक्सन अवतारमा उतार्न लागेका हुन् ।

यो फिल्मको छायाङ्कन पूरा भएर पोस्ट प्रोडक्सनको काम जारी छ । नयाँ वर्ष लक्षित गरी अर्थात् चैत २९ बाट फिल्म प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ ।

फरक भूमिकामा देखिन रुचाउने विपिन यस फिल्मलाई लिएर उत्साहित देखिन्छन् । पहिलो एक्सन फिल्म गर्न उनले जिम धाएर ज्यानलाई सुगठित बनाएका छन् ।

हरेक फिल्ममा विल्कुलै फरक चरित्रमा देखिनु विपिनको विशेषता हो । एक्सन फिल्ममा उनी कस्तो भूमिकामा देखिएलान् ? यो उनलाई रुचाउने दर्शकको चासोको विषय छ ।

केही दिनअघि सार्वजनिक पोस्टरले यो कौतुहलमा केही हदसम्म कम गरेको छ ।

खबरहबलाई फिल्ममा उनले निर्वाह गरेको चरित्र खुल्ने तस्बिर प्राप्त भएको छ । जुन, यही फिल्मको छायाङ्कनका क्रममा दाङमा खिचिएको हो ।

उक्त तस्बिरमा विपिनले लेदरको ज्याकेटभित्र हुडी लगाएका छन् । उनको कपाल छोटो र दाह्री–जुँगा काटिएको छ । तस्बिरमा हेर्दा विपिन फिट ‘स्मार्ट युवा’ देखिएका छन् ।

उक्त तस्बिरमा विपिनको देब्रे काननजिक चोट देख्न सकिन्छ । उक्त चोट भने एक्सन दृश्यका लागि गरिएको मेकअप हो ।

निर्देशक चौधरीका अनुसार विपिनले यो चरित्रका लागि निकै मिहिनेत गरेका थिए । उनले जिम धाएर तौल पनि घटाएका थिए ।

चौधरी भन्छन्, ‘हामीले विपिनलाई कथाअनुसार तयार पारेका छौँ । उहाँले पनि त्यस्तै मिहिनेत गर्नुभयो ।’

अबको केही समयमै फिल्मको टिजर सार्वजनिक हुने र विपिनको मिहेनत त्यसैमा देखिने चौधरी बताउँछन् ।

कर्मामा विपिन र उपासना सिंह ठकुरी केन्द्रीय भूमिकामा छन् । नायक भुकुन भुसाल यही फिल्ममा पहिलो पटक खलपात्रको भूमिकामा देखिँदैछन् ।

यस फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : २३ बजे

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौं– नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार

अदानचुली– हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ

जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

काठमाडौं– आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

काठमाडौं– रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित