नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार « Khabarhub

नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ । आज महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयन गर्न बाँकी छ ।

पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र मङ्गलबार नयाँ नेतृत्व चयन हुने बताए ।

उहाँले भन्नुभयोउनले भने, “महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । आजको बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको हो ।”

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : २४ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग