आज २०८१ साल फागुन २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २० गते मंगलबारको राशिफल


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २० गते मंगलबार फागुन शुक्ल पक्षको पञ्चमी तिथि। माझी समुदायको दली पूजा। तदनुसार सन् २०२५ मार्च ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथीविरुद्ध जित हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम छ।

वृष : सोचेर बोल्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गला र कलाको प्रदर्शन गर्ने दिन आएको छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने दिन छ। विवेक प्रयोग नगरी बोल्दा पश्चाताप हुने जोखिम छ। पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ।

कर्कट : दिन सामान्य छ। विश्वास पात्रले विरोध गरेको सुन्नुपर्नेछ। शनिदेव प्रतिकुल भएकाले यात्रा गर्दा सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ। शिक्षा र स्वास्थ्य क्षेत्रको प्रयास सफल बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। प्रेम सम्बन्धमा उतारचढाव बढ्ने भएकाले कुरा गर्दा सचेत बन्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा जिम्मेवारी थपिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। राजनीतिक क्षेत्रमा भने ठगसँग सचेत बन्नुपर्नेछ।

तुला : गुरुसँग बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध समुधुर बन्ने योग छ।

वृश्चिक : मनमा अशान्ति बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

धनु : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। स्वास्थ्यले साथ नदिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। राजनीतिक र पारिवारिक क्षेत्रमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। राजनीतिमा हात नलगाउनु उचित हुनेछ।

कुम्भ : सहकर्मीसँगको सहकार्यमा गरेको निर्णय कार्यान्वयन हुनेछ। एकल निर्णय नगर्नु उचित हुन्छ। राज्यका जिम्मेवार व्यक्तिबाट सचेत बन्नुपर्नेछ। मन अशान्त बन्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : सञ्चित धन खर्च हुने जोखिम छ। साथीसँग बोल्दा नम्र बन्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ०६ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा