पाल्पाको गल्धाफाँट र कठैडाँडा जोड्ने पुल शिलान्यास | Khabarhub Khabarhub

पाल्पाको गल्धाफाँट र कठैडाँडा जोड्ने पुल शिलान्यास


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो ।

दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए । उनका अनुसार आरसिसी, टि–गर्डर मोटरेबल पुल ओपन फाउन्डेशन मोडलमा निर्माण हुनेछ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सात करोड १० लाख १९ हजार ६३३ रुपैयाँको लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो ।

शुभलक्ष्मी–शुक्रकमली–हेभन जेभी कञ्चनपुरले भ्याटसहित पाँच करोड ९८ लाख ६३ हजार नौ सय ३३ लागतमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी गत कात्तिक ४ गते ठेक्का सम्झौता गरी निर्माण थालनी गरेको जनाएको छ ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पुल निर्माणको शिलान्यास गर्दै समयमा सम्पन्न गर्न मन्त्रालयले रकमको अभाव हुन नदिने बताए । यस पुलले गाउँका स्थानीयको जीवनस्तर उकास्न सघाउ पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ५६ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता