जुम्लाकोट पशुसेवा केन्द्र पुनः सञ्चालनमा « Khabarhub

जुम्लाकोट पशुसेवा केन्द्र पुनः सञ्चालनमा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र पुनः सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो । तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेर केन्द्र सञ्चालनमा ल्याएको हो ।

पालिकामा रहेको पशु विकास शाखाबाट नायब पशु स्वास्थ्य प्राविधिक वीरेन्द्रलाल महतलाई उक्त केन्द्रका लागि खटाएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । तीन जना पशु विकास शाखा हेर्ने कर्मचारी कार्यरतमध्ये एक जनाको अवकाश भएपछि दुई जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको थियो ।

बन्द रहेको केन्द्रका लागि अहिले एकजना कर्मचारी पठाएपछि सेवा प्रवाह सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । चाहिने आवश्यक औषधिको व्यवस्थापन गरेर यहाँका स्थानीयवासीको सहजका लागि गाउँमै  केन्द्र सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

नायब पशु स्वास्थ्य प्राविधिक महतले भने, ‘आवश्यक महत्त्वपूर्ण औषधि अभाव छ । पालिकामा रहेको पशु विकास शाखाबाट चाहिने औषधिको माग गरेको छौँ ।’ उक्त पालिकाको वडा नम्बर ८ र ९ भेडाबाख्रा पालन गर्ने क्षेत्रसमेत हो । सेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएका थिए ।

२०७६ सालदेखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछि केन्द्र एक वर्षदेखि बन्द थियो । सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवा मार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : २३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा