पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो « Khabarhub

पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका छन् ।

दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले कार्यक्रम रोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ’, उनले भनेका छन्, ‘उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो । हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !’

दुर्गेशले दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा दुःख लागेको उल्लेख गरेका छन् । उनले दुर्गेश थापा नाम नभइ ब्राण्ड भएको पनि जिकिर गरेका छन्।

खासमा दाङ कलाकार पल शाहको गृहजिल्ला हो । दाङमा पलको क्रेज छ । एकजना नाबालिग गायिकाको बलात्कार प्रकरणका कारण पल र दुर्गेश दुवै विवादमा मुछिएका थिए ।

पलविरुद्ध दुर्गेशले ती नाबालिग गायिकाका नाममा ब्ल्याकेल गरेको आरोप थियो । त्यसपछि पल र दुर्गेशबीच सम्बन्ध बिग्रिएको छ । नाबालिग गायिका प्रकरणअघिसम्म पल र दुर्गेश एकदमै मिल्ने साथी थिए ।

अहिले पल र दुर्गेशबीच पानी बाराबारको अवस्था छ । उता दुर्गेश र ती नाबालिग गायिकाले भने एकसाथ गीत गाइरहेका छन् । उनीहरू कयौँ कन्सर्टमा पनि सँगै देखिन्छन् । यस्तोमा पलको गृहजिल्ला दाङमा आयोजित महोत्सवमा आफूलाई रोकिएपछि दु्र्गेशको आक्रोश सार्वजनिक भएको हो ।

दुर्गेशले लेख्छन् :

कहिलेकाहीँ जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरेँ । म दाङका प्रिय दर्शक भगवानको दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ । तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो । मेरो भगवानरूपी दर्शकहरू महोत्सवस्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो ।

कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको ऊर्जा हो । तर केहि कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन ।

यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो ।

हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !

तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन । मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।

मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु । नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु ! दर्शकको अपार माया, हजारौँको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन् । किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ, जबसम्म मेरो लागि दर्शकहरूको माया छ, तबसम्म मलाई कसैले हल्लाउन सक्दैन ।

दुश्मनहरूलाई एक मात्र जवाफ— दुश्मन हेरेको हेरै ! त्यसैले ‘दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड !’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : ४९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई