वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्र छपाइ हुने « Khabarhub

वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्र छपाइ हुने


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ ।

मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेशका यातायातमन्त्रीसहितको विषयगत बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र २०८२ वैशाख १ गतेदेखि साउन १ गतेसम्म सबै प्रदेशले स्वीकृत ढाँचा बमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो । 

यसका लागि आवश्यक प्राविधिक सहायता विभागले उपलब्ध गराउने निर्णय भएको छ । राइड शेयरिङलाई व्यवस्थित गर्न र प्रदेशबीच नीतिगत एकरूपता कायम गर्नका लागि प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागू गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिए ।  

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातका विभिन्न सेवालाई राष्ट्रिय परिचयपत्रसंग जोड्न सकिए बायोमेट्रीकका देखिएको समस्या समाधान हुनसक्ने बताए । 

उनले अझै पनि १९ लाख सवारी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा प्रदेशबाट छपाइ सुरु गर्न सके सहज रूपमा वितरण गर्न सकिने जिकिर गरे ।  

त्यस्तै बैठकले सवारी साधनहरूको दर्ता र नामसारी गर्दा अनिवार्य रूपमा इम्वोस्ड नम्वर प्लेट जडान गर्ने व्यवस्थाका लागि प्रदेश सरकारबाट मातहतका कार्यालयलाई आवश्यक निर्देशन दिने र विभागले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ५१ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट