अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा | Khabarhub Khabarhub

च्याम्पियन्स ट्रफी

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । त्यस्तै श्रेयस अय्यरले ४५, केएल राहुल ४२ रनको योगदान दिए ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले दुई दुई विकेट लिँदा बेन ड्‍वारसुइस र कूपर कोनोलीको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनाएको थियो । उनका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाएपनि जितका लागि पर्याप्त भएन् । त्यस्तै एलेक्स क्यारीले ६१ रन बनाउँदा ट्राभिस हेडले ३९ र मार्नस लबुशेनले २९ रनको योगदान गरे ।

भारतका लागि मोहम्मद शामीले तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्ती र रविन्द्र जडेजाले दुई दुई विकेट लिँदा हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : २० बजे

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै

सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

धनुषाधाम–  तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका