ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर | Khabarhub Khabarhub

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए ।

विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ ।

किसान र नगरपालिकाको गरी कूल ९ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताए । ट्याक्टरको मूल्य ५२ हजार परेकोमा किसानले २६ हजार तिरेका थिए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषि र पशुपालन पेसामा आबद्ध रहेको हुँदा उनीहरूलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको बताए । पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक