ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर « Khabarhub

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए ।

विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ ।

किसान र नगरपालिकाको गरी कूल ९ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताए । ट्याक्टरको मूल्य ५२ हजार परेकोमा किसानले २६ हजार तिरेका थिए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषि र पशुपालन पेसामा आबद्ध रहेको हुँदा उनीहरूलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको बताए । पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ५३ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा