‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जली सभा « Khabarhub

‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जली सभा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 झापा– तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँ स्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं.२०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरूले गोली हानी  हत्या गरेका थिए । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । 

सुखानीका सहिदहरूको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रूपमा मनाउँदै आएका छन् । 

झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरूको शालिक निर्माण गरिएका छन् । ती शालिकहरुमा पनि नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरूले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका छन् ।

मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन राजवंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाको नेतृत्वमा  एमालेले स्मृति सभा सम्पन्न गरेको छ ।

प्रतिष्ठान परिसरमा सहिद वीरेन राजवंशीको शालिक स्थापना गरिएको छ । कार्यक्रममा सहिद वीरेन राजवंशीका जेठा छोरा नेत्र राजवंशी, जेठी बुहारी विमला राजवंशी, सहिद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर काराबास भोग्नु भएको कम्युनिस्ट योद्धा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो ।

सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं। २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रूपमा घोषणा गरेको थियो । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : ४५ बजे

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध