युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव | Khabarhub Khabarhub

युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

मस्को– बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बुधबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्ने प्रस्ताव गरेका छन् ।

‘ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु”, लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राखेका थिए ।

लुकासेन्को पुटिनका निकट सहयोगी हुन् र उनको देश युक्रेनमा रुसको सैन्य कारबाहीलाई समर्थन गरेको र विपक्षीहरू विरुद्धको सरकारी कारबाहीलाई लिएर अमेरिका र युरोपीय सङ्घ (इयु) को प्रतिबन्धमा छ । रुसले सन् २०२२ मा युक्रेनमा केही सेना पठाउन बेलारुसको क्षेत्र प्रयोग गरेको थियो ।

तर ७० वर्षीय राष्ट्रपतिले भने, ‘यदि तपाईं सहमति गर्न चाहनुहुन्छ भने हामी बस्नेछौँ र शान्त रूपमा सहमति गर्नेछौँ ।’

युक्रेनी समाजको ठूलो हिस्सा जेलेन्स्कीसँग रहेको भन्दै लुकासेन्कोले जेलेन्स्कीसँग सहमति हुनुपर्ने बताए।

‘बेलारुस सीमा र किएभबीच केवल दुई सय किलोमिटरको दूरी छ । विमानमा आधा घण्टामा । आउनुहोस्’, उनले फेब्रुअरी २७ मा रेकर्ड गरिएको अन्तर्वार्तामा घोषणा गरे ।

लुकासेन्कोले रूससँग वार्ता गर्न र तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ट्रम्पका प्रयासहरूको प्रशंसा गरे।

‘ट्रम्प असल व्यक्ति हुनुहुन्छ, उहाँ यसबारे धेरै कुरा गर्नुहुन्छ र युक्रेनको युद्ध र मध्यपूर्वमा युद्ध अन्त्य गर्न पहिलेनै केही गरिसक्नुभएको छ’, उनले भने, ‘मलाई लाग्छ उहाँको एकमात्र नीति युद्ध अन्त्य गर्ने हो । यो एउटा उत्कृष्ट विचार हो ।’

अन्तर्वार्ता प्रकाशित भएको दिन ट्रम्पले मंगलबार जेलेन्स्की रूससँग ‘स्थायी शान्ति’ का लागि वार्ता गर्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ३९ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा