वाईसीएल र युवा संघबीचको एकता सकियो, सचिवालयमा ५२ र ५७ को भागवण्डा « Khabarhub

वाईसीएल र युवा संघबीचको एकता सकियो, सचिवालयमा ५२ र ५७ को भागवण्डा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकता प्रकृया टुंग्याएको छ ।

तत्कालिन वाईसीएल नेपाल र युवा संघ नेपालबीच एकता भएर बनेको राष्ट्रिय युवा संघ नेपालको विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको हो ।

संगठनका इन्चार्ज महेश वस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजनक रमेश पौडेल उपस्थित विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको हो ।

बैठकले युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग अनुमति माग्ने निर्णय गरेको छ । जसमा साविक युवा संघ नेपालबाट १७६ र साविक वाईसीएल नपालबाट १५५ सदस्य चयन गर्ने र ४ जना पछि मनोनित गर्ने निर्णय भएको छ ।

त्यस्तै १११ सदस्यीय सचिवालयमा साविक वाईसीएलबाट ५२ र युवासंघबाट ५७ जना राख्ने सहमति भएको छ ।
बैठकले संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राख्ने निर्णय गरेको छ ।

७ प्रदेशमध्ये ३ मा साविक वाईसीएल र ४ मा साविकको युवासंघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने सहमति भएको छ ।

त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघ र ३५ जिल्लामा साविक वाईसीएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको छ ।

एकता प्रकृया टुंगोमा पुगेसँगै भदौ २७ गते साविक संगठनका पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहरणको कार्याक्रम राखिएको संयोजक रामप्रसाद सापकोटा‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : ३७ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका