‘श्रीनगर सांस्कृतिक डबली’ १५ महिनापछि सञ्चालनमा « Khabarhub

‘श्रीनगर सांस्कृतिक डबली’ १५ महिनापछि सञ्चालनमा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तानसेन– लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेन नगरपालिका–५ स्थित कैलाशनगरमा ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि आजदेखि डबली सञ्चालनमा आएको हो । 

उक्त डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको छ । जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकारको छ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ लगानीमा डबली निर्माण गरिएको हो । 

आज एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोषलाल श्रेष्ठले डबलीको शुभारम्भ गरे। ढिलै भए पनि डबली सञ्चालनमा आएकोमा खुसी लागेको कैलाशनगरका स्थानीयवासी रमेश अधिकारीले बताए ।

उनले भने, ‘आफ्नै टोलमा सांस्कृतिक डबली निर्माण हुँदा टोलको मात्र नभई सिङ्गो तानसेन नै रमणीय र सुन्दर देखिएको छ ।’ स्थानीय सुमन भट्टराईले पनि डबली सञ्चालनले पर्यटकको आगमनसमेत बढ्ने विश्वास व्यक्त गरे ।

 डबलीमा स्टेज, हरियो दुबोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रूम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको छ । डबलीको क्षमता पाँच सय जना रहेको छ ।

प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । डबलीको उचित प्रयोग गरी यहाँका कला संस्कृति र पर्यटनको विकास गरिने उनको भनाइ छ । 

उनले भने, ‘तानसेन आफैँमा पर्यटकीयस्थल रहेकाले त्यसको विकास र विस्तारका लागि डबली महत्त्वपूर्ण हुने छ ।’ 

शुभारम्भको अवसरमा सोरठी, झ्याउरे, नेवारी नाँच, थिमेबाजा, जिवाइमाइवा जस्ता नाच प्रदर्शन गरिनुको साथै, मगरी, नेवारी खाजाका परिकारसमेत राखिएको थियो । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : १७ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका