आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २२ गते बिहीबार फागुन शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मार्च ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धनलक्ष्मी योग परेकाले सम्पत्ति आर्जन हुनेछ। प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद भने बढ्नेछ।

वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। मनमा गुम्सिएका भावना सार्वजनिक गर्नु उचित हुनेछ। आम्दानीका दृष्टिले दिन सहज छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

मिथुन : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुनसक्छ। धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। आज नियमित काम भन्दा ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जत जोगाउन मिहिनेत गर्नुपर्ने समय आएको छ। यात्रा गर्नु अगाडि धार्मिक कार्यमा सहभागी भएमा राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

सिंह : दिन सहज छ। साथीको सहयोग प्राप्त हुनेछ। विवाद समाधान हुनेछन्। परिवारमा भने गोपनीयता भंग नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ। परीक्षा लेखेको भए तपाईंको पक्षमा नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ भने निजी क्षेत्रको लगानीबाटसमेत फाइदा हुनेछ। परिवारमा भने तनाव बढ्ने जोखिम छ।

तुला : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्नु अगाडि तीन पटक सोच्नु उचित हुनेछ। विपक्षी साथीसँग सचेत भएर काम गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

वृश्चिक : दिन सहज छ। चन्द्रमा र बृहस्पति सप्तम भावमा रहेकाले मनमाका नराम्रा भावना हटेर जानेछन्। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। आफ्ना भनेकै साथीले विरोध गरेको सुन्नु पर्नेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन सहज छ। शुभग्रहको बहुमत छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारले निगरानी गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

कुम्भ : तपाईंले गरेको कामको जस अरुले लिनेछन्। श्रम शोषण गर्ने व्यक्तिसँग सचेत बन्नुपर्नेछ। मध्य साढेसाती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सफल बन्नेछ।

मीन : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। व्यापारमा सहकार्य गरेमा सफलता मिल्नेछ। औषधी नियमित नगर्दा पेट सम्बन्धी रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ०१ बजे

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा