राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।

यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ रहेका छन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : ३८ बजे

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले

मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता

सुर्खेत- ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश

अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा