मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य : ज्ञानेन्द्र शाही « Khabarhub

मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य : ज्ञानेन्द्र शाही


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरूले राजसंस्थाको परिकल्पना गरेको बताएका छन् ।

रिपोटर्स क्लव नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरूले राजसंस्थाको परिकल्पना गरेको बताएका हुन् ।

राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य रहेको उनले बताए। संसार भरी मुलुकको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न राजसंस्थाबाहेक अरूले सक्दैन भन्ने कुरा नेपालको १६ वर्षको इतिहासमा देखिएको उनले बताए ।

त्यस्तै उनले प्रदेश संरचनालाई खारेज गर्ने विषयमा दलहरूबीच समझदारी बन्नुपर्नेमा जोड दिए । उनले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान समेत गरे । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : १२ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार