लिङ्देनले भने- कुलमानबारे मन्त्रीले ढाँटे, सांसदहरूलाई मूर्ख बनाउन खोजे  « Khabarhub

लिङ्देनले भने- कुलमानबारे मन्त्रीले ढाँटे, सांसदहरूलाई मूर्ख बनाउन खोजे 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मन्त्रीजस्तो व्यक्तिले संसद्लाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरुमात्र बसेको नठान्न आग्रह गरेका हुन् ।

कर्मचारीलाई सरकारले कारिन्दा र नोकर मात्र ठान्छ भने आफूहरू त्यस्ता कर्मचारीको पक्षमा उभिने उनले बताए । उनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई ८ वर्षमा ५२ अर्ब खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे । लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित विपरीत कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझाव समेत दिए ।

उनले ऊर्जामन्त्रीको कुरा सुन्दा व्यवसायीहरूबाट २२ अर्ब रुपैयाँ नउठाउने संकेत देखिएको भन्दै त्यस्तो गर्न नपाइने जिकिर गरे । उनले आफ्नो स्वार्थका लागि कुलमानलाई हटाउने कामबाट पछि हट्न र परिस्थिति बिग्रन नदिन ऊर्जा मन्त्रीलाई सुझाव दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ३ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै