सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने छन् ः प्रचण्ड  « Khabarhub

सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने छन् ः प्रचण्ड 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलबाट गलहत्त्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् । 

‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’अन्तर्गत बिहीबार महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले राजावादीलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् । 

जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको टिप्पणी गर्दै  प्रचण्डले इतिहास पछाडि नफर्किने भएकाले सपना नदेख्न सुझाव दिए । उनले कुनै शासक र राजा–महाराजाले जनतालाई अधिकार नदिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको दोहोर्‍याए । 

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको बताए । 

मधेसवादी दलहरूले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेको भन्दै उनले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए । 

उपमहासचिव गिरिराजमणि पोख्रेलले सीमा क्षेत्रका जनताले राष्ट्रियताको रक्षा गरे पनि राज्यले सीमा क्षेत्रको विकास नदिएको बताए । उनले पार्टीले जनताको जीवन रूपान्तरण गर्ने कार्यक्रम अघि बढाउने बताए । 

अर्का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी रुपान्तरणसहित जनताको बीचमा फर्केको उल्लेख गर्दै जनताको जीवन रूपान्तरण नै पार्टीको अबको अभिष्ट भएको बताए ।  

उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले पार्टीले जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको उल्लेख गर्दै अब मधेसलाई लाल मधेस बनाउने उद्घोष गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ४१ बजे

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न