हङकङबाट क्रिकेट नखेल्ने अंशुमनको घोषणा, भारत फर्किने सम्भावना « Khabarhub

हङकङबाट क्रिकेट नखेल्ने अंशुमनको घोषणा, भारत फर्किने सम्भावना


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङका २५ वर्षीय स्टार क्रिकेटर अंशुमन रथले राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् । टि–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको हङकङबाट अब नखेल्ने रथले जनाएका छन् ।

अक्टोबरमा यूएईमा हुने छनोटका लागि सार्वजनिक भएको नामावलीबाट पनि रथले आफ्नो नाम फिर्ता लिएको इमर्जिङ क्रिकेटडटकमले उल्लेख गरेको छ ।

रथले विदेशमा अवसर खोज्ने भन्दै राष्ट्रिय टोलीबाट छाड्ने निर्णय गरेको भन्दै हङकङ क्रिकेट बोर्डले उनले टोली छाडेको पुष्टि गरेको छ ।

क्रिकेट सम्बन्धी अनलाइन समाचार पोर्टल इमर्जिङ क्रिकेटले रथले भारतमा व्यवसायिक क्रिकेट खेल्ने लक्ष्यसहित टोली छाडेको जनाएको छ । रथको परिवार भारतको उडिसाबाट हङकङ बसाई सरेको हो । उनका बुबा भारतीय भएपनि उनी हङकङमै जन्मिएका हुन् ।

रथले आफूलाई अवसर दिएकोमा हङकङ क्रिकेट बोर्डलाई धन्यवाद भनेका छन् । तर, उमेरसमूह देखि सिनियर टोलीसम्म हुँदै कप्तान रहेका रथले आगामी दिनका लागि हङकङको टोलीलाई शुभकामना समेत दिएका छन् ।

रथले उमेर समूह हुँदै हङकङबाट १८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन् । यस्तै २० टि–ट्वान्टी खेल खेलेका छन् । भारतीय भए पनि उनी हङकङमै जन्मिएका हुन् । भारत फर्किने सम्भावना रहेको जनाएको इमर्जिङ क्रिकेटले उनले रणजि ट्रफि खेल्ने सम्भावना रहेको जानकारि दिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १ : २१ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते