प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम « Khabarhub

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले बिहीबार एक विज्ञप्ती जारी गर्दै निगमको ९एन–एकेडब्ल्यू विमान भैरहवामा मर्मतसंभार पश्चात उडान सुचारु गरेको जानकारी दिएको हो ।

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रचलन अनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्ड अनुसार मर्मतसंभार गरि पूर्णरूपले उडानयोग्य भइसकेपश्चात यात्रुको सुरक्षालाई उच्च प्राथमिकतामा राखी उडान संचालन गर्दै आइरहेको विज्ञप्तीमा उल्लेख छ ।

बुधबार निगमको ९एन–एकेडब्ल्यू विमान भैरहवाबाट दुबईको लागि प्रस्थान गर्ने क्रममा पाईलटले उडान पूर्वको नियमित चेकजाच गर्दा जहाजमा प्रविधिक समस्या देखिएको थियो । त्यसपछि यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर सो उडान स्थगन गरि आज निगमको आफ्नै विमान ९एन–एकेएक्स बाट भैरहवा देखि दुबईको लागि सबै यात्रु सहित प्रस्थान गरिसकेको निगमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ९ : ४५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको