‘जाऊँ है पोखरा’ अभियान सम्पन्न « Khabarhub

‘जाऊँ है पोखरा’ अभियान सम्पन्न


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा– मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस वर्षको ‘जाऊँ है पोखरा’ अभियान औपचारिक रूपमा सम्पन्न गरिएको छ । 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बिहीबार अभियानको समापन गर्दै जाऊँ है पोखरा अभियान पर्यटन क्षेत्रका लागि अनुकरणीय अभियान भएको भनाई राखे । आफ्नो खुट्टामा आफैँ उभिन सक्ने वातावरण जाऊँ है पोखरा जस्ता अभियानले सिर्जना गर्न सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै अभियानका संयोजक एवं आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ वर्षको अवसरमा फेवा किनारमा आयोजना हुने नयाँ वर्ष महोत्सवका क्रममा पोखरा पुग्ने पाहुनालाई संघ अन्तरगतका होटल तथा लजमा २० प्रतिशत छुट प्रदान गरिने बताए । 

अभियानले देशका सातै प्रदेश जोड्ने उद्देश्य बोकेको बताउँदै विदेशी र गोरो छाला मात्र नभई नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने मान्यता अभियानले सिर्जना गरेको उनले स्मरण गराए ।

कार्यक्रममा बन्दिपुर केबलकार प्रालिका उपाध्यक्ष किरण पोखरेलले उक्त परियोजना अन्तर्गत संचालन भएका योजना र आगामी दिनमा संचालन हुने सेवा सुविधाबारे जानकारी गराएका थिए । कार्यक्रममा होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, पर्यटन क्षेत्रका विज्ञ दीपेन्द्र पहारी र आयोजक संघका उपाध्यक्ष गणेशराज पहारीले भनाई राखेका थिए ।

यसअघि बुधबार महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा सो क्षेत्रका पर्यटकीय गन्तव्य र सम्भावनाका बारेमा चर्चा गरिएको थियो । सो अवसरमा बोल्दै मधेश प्रदेशका उद्योग, वाणिज्य एवं पर्यटन मन्त्री सकिल अलि मियाँले पर्यटन व्यवसायी र सम्बन्धित संघसंस्थाहरुसँग अन्तरक्रिया गरी सल्लाह र सुझाव लिएर अव आउने बजेट तर्जुमा गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सांसद शारदा देवी थापा, आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ दीपेन्द्र पहारी, नाथमका सिवेन्द्र मलिक, होटलकर्मीहरु गुञ्ज कार्की र हिरा गौतम र आयोजक संघका उपाध्यक्ष गणेशराज पहारीले भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वती पाण्डेले गरेकी थिइन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संघले दुई दशक अघि सुरु गरेको जाऊँ है पोखरा अभियानको यस पटकको कार्यक्रममा १८ फागुनमा सुरु भई २२ फागुनमा सम्पन्न भएको हो छ । 

पहिलो कार्यक्रममा धनुषाको जनकपुर र दोस्रो तथा तेस्रो कार्यक्रम क्रमशः झापाको बिर्तामोड र सुनसरीको इटहरीमा सम्पन्न भएका थिए ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सम्पन्न पूर्वको अभियानको क्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ वर्षको अवसरमा पोखरामा आयोजना गरिएको नयाँ वर्ष महोत्सवमा सहभागी हुन पूर्वका बासिन्दालाई निम्ता प्रदान गरेका थिए । 

पर्यटकीय राजधानी पोखरामा पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ का बारेमा समेत अभियानको क्रममा चर्चा गरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : २७ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्