अंकितको कप्तानीमा पीएम कप खेल्ने कोशीको टिम घोषणा  « Khabarhub

अंकितको कप्तानीमा पीएम कप खेल्ने कोशीको टिम घोषणा 


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ ।

कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

कोशीको टिम: अंकित सुवेदी (कप्तान), सुजन थपलिया, प्रकाश कार्की, सुमन गहतराज, भुपाल लुईंटेल, दिपेश कँडेल, फिर्दोश अन्सारी, चिराग शाह, सकिब हक, श्रवण किस्कु, विपिनकुमार महतो, समिर कार्की, आइस भट्टराई, सोनु अन्सारी र सन्दिप ढुंगाना रहेका छन् ।

टिमको प्रशिक्षकको जिम्मेवारी नेपाली राष्ट्रिय टोलीका पूर्वलेग स्पिनर राजकुमार प्रधानलाई दिइएको छ । 

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुनेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ४१ बजे

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम– धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा