रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद | Khabarhub Khabarhub

रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत शुक्रबार थप १७ जनालाई पक्राउ गरेको छ ।

विभिन्न अपराधमा दोषी ठहर भएर जिल्ला अदालत रौतहटबाट दण्ड सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

चेक अनादर, किर्ते जालसाजी, जुवा र नाता कायम मुद्दामा फरार रहेका दिनेशमान श्रेष्ठ, शेख अल्लाहुदिन, महमद हैदरअली, शेखरमान श्रेष्ठ, रामएकवाल चौधरी, नारायण प्रसाद घिमिरे, जुमराती अन्सारी, इदन खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।

त्यसैगरी अन्य पक्राउ पर्नेहरूमा रामाकृत प्रसाद गुप्ता, शेख रहामुल्ला, शेख ताहिद, राजिन्द्र चौधरी, सुनिता देवी, पृथ्वीनारायण महतो कोइरी, र सनेलाल भगत लगायत रहेको प्रवक्ता रायले जानकारी दिए ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत यस आर्थिक वर्षको साउनदेखि फागुन २२ गतेसम्म ८ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

उता विभिन्न नाका हुँदै भन्सार छलेर भित्र्याइएको दुई लाख ९० हजार २९० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, पाँच थान गाई र तीन वटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीको लागि बिहीबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ३२ बजे

हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ

जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा जनशक्ति अभावका कारण

हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी