रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद « Khabarhub

रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत शुक्रबार थप १७ जनालाई पक्राउ गरेको छ ।

विभिन्न अपराधमा दोषी ठहर भएर जिल्ला अदालत रौतहटबाट दण्ड सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

चेक अनादर, किर्ते जालसाजी, जुवा र नाता कायम मुद्दामा फरार रहेका दिनेशमान श्रेष्ठ, शेख अल्लाहुदिन, महमद हैदरअली, शेखरमान श्रेष्ठ, रामएकवाल चौधरी, नारायण प्रसाद घिमिरे, जुमराती अन्सारी, इदन खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।

त्यसैगरी अन्य पक्राउ पर्नेहरूमा रामाकृत प्रसाद गुप्ता, शेख रहामुल्ला, शेख ताहिद, राजिन्द्र चौधरी, सुनिता देवी, पृथ्वीनारायण महतो कोइरी, र सनेलाल भगत लगायत रहेको प्रवक्ता रायले जानकारी दिए ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत यस आर्थिक वर्षको साउनदेखि फागुन २२ गतेसम्म ८ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

उता विभिन्न नाका हुँदै भन्सार छलेर भित्र्याइएको दुई लाख ९० हजार २९० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, पाँच थान गाई र तीन वटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीको लागि बिहीबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ३२ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार