अब २ लाखभन्दा माथिको भुक्तानीका लागी चेक काट्नु नपर्ने « Khabarhub

अब २ लाखभन्दा माथिको भुक्तानीका लागी चेक काट्नु नपर्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब बैंकबाट दुई लाख रुपैयाँभन्दा बढीको भुक्तानीका लागि चेक काट्न नपर्ने भएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतवार अन्तर बैंक कारोबारमा पनि तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस पेमेन्ट सिस्टम(आरटीजीएस) लागू गर्न बाणिज्य बैंकसँग सम्झैता गरेसँगै चेक काट्नु पर्ने बाध्यता अन्य भएको हो ।

राष्ट्र बैंकले भदौं १९ गते आरटीजीएस नियमावली ल्याएको थियो र २४ गतेदेखि कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
यससँगै २ लाख भन्दा माथिको भुक्तानी अब यो प्रणालीबाट गर्नुपर्ने छ ।

तर तत्कालका लागि भने २ लाख भन्दा माथिको भुक्तानीलाई अनिवार्य नगरी स्वेच्छिक गरिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

कसरी साट्ने रकम ?

अहिले कसैलाई दुई लाख वा त्यसभन्दा माथिको चेक दिने हो भने त्यही बैंकको भए त्यही दिन र अन्तर बैंकको चेक भए कम्तिमा पनि एक दिन लाग्छ तर यो पद्दती(आरटीजीएस) प्रणाली लागू भएसँगै चेकको आवश्यकता पर्दैन ।

भुक्तानी गर्ने खातावालाले अर्को कुनै बैंकको यो खाता नम्बरमा यति रकम भुक्तानी दिनु भन्ने व्यहोराको आदेश जारी गर्नासाथ रकम जान्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ३ : ४८ बजे

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत