अब २ लाखभन्दा माथिको भुक्तानीका लागी चेक काट्नु नपर्ने « Khabarhub

अब २ लाखभन्दा माथिको भुक्तानीका लागी चेक काट्नु नपर्ने


२६ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब बैंकबाट दुई लाख रुपैयाँभन्दा बढीको भुक्तानीका लागि चेक काट्न नपर्ने भएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतवार अन्तर बैंक कारोबारमा पनि तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस पेमेन्ट सिस्टम(आरटीजीएस) लागू गर्न बाणिज्य बैंकसँग सम्झैता गरेसँगै चेक काट्नु पर्ने बाध्यता अन्य भएको हो ।

राष्ट्र बैंकले भदौं १९ गते आरटीजीएस नियमावली ल्याएको थियो र २४ गतेदेखि कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
यससँगै २ लाख भन्दा माथिको भुक्तानी अब यो प्रणालीबाट गर्नुपर्ने छ ।

तर तत्कालका लागि भने २ लाख भन्दा माथिको भुक्तानीलाई अनिवार्य नगरी स्वेच्छिक गरिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

कसरी साट्ने रकम ?

अहिले कसैलाई दुई लाख वा त्यसभन्दा माथिको चेक दिने हो भने त्यही बैंकको भए त्यही दिन र अन्तर बैंकको चेक भए कम्तिमा पनि एक दिन लाग्छ तर यो पद्दती(आरटीजीएस) प्रणाली लागू भएसँगै चेकको आवश्यकता पर्दैन ।

भुक्तानी गर्ने खातावालाले अर्को कुनै बैंकको यो खाता नम्बरमा यति रकम भुक्तानी दिनु भन्ने व्यहोराको आदेश जारी गर्नासाथ रकम जान्छ ।

प्रकाशित मिति : २६ भदौ २०७६, बिहिबार  ३ : ४८ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड