शेखर भन्छन्- माईखोलामा धेरै पानी बग्यो, राजतन्त्र फर्किने विश्वास छैन « Khabarhub

शेखर भन्छन्- माईखोलामा धेरै पानी बग्यो, राजतन्त्र फर्किने विश्वास छैन


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा राजतन्त्र फर्किनेमा विश्वास नभएको बताएका छन् । 

नेपाल प्रेस युनियनले झापाको बिर्तामोडमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारको जिज्ञासा मेटाउने क्रममा आफूलाई राजा फर्किनेमा विश्वास नभएको बताएका हुन् । 

‘तपाईंहरूले पनि अहिले सोध्नुभएको के भने राजा फर्किन्छ त भनेर, मलाई लाग्दैन, ‘नेता कोइरालाले भने, ‘माई खोलामा धेरै पानी बगिसक्यो, यो १२–१५ वर्षमा । अब मलाई विश्वास छैन ।’ 

कोइरालाले राजावादीले राजा फर्काउने प्रयासस्वरुप गरिरहेका क्रियाकलापलाई स्वाभाविक भएको आशय पनि व्यक्त गरे । 

‘मान्छेले कोसिस त गरिराखेका हुन्छन् । कोसिसलाई चेक गर्न हामीले अट्याक गर्ने भन्दा पनि राम्रो काम गरेर चेक गर्नुपर्ने हो,’ उनले भने, ‘त्यो हो राजाको कन्टेस्टमा ।’

नेता कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने गरेको पनि बताए । ‘राजा भन्नुस्, पूर्व हो, तर म राजा नै भन्छु । इन्टरनेशनल चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई प्रेसिडेन्टबाट छोड्छन् नि, हामी नेपालीहरू चाहिँ पूर्व भन्छौँ,’ उनले भने, ‘तर, अमेरिकामा जानुभयो भने राष्ट्रपति नै भन्छन् ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै