शेखर भन्छन्- माईखोलामा धेरै पानी बग्यो, राजतन्त्र फर्किने विश्वास छैन « Khabarhub

शेखर भन्छन्- माईखोलामा धेरै पानी बग्यो, राजतन्त्र फर्किने विश्वास छैन


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा राजतन्त्र फर्किनेमा विश्वास नभएको बताएका छन् । 

नेपाल प्रेस युनियनले झापाको बिर्तामोडमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारको जिज्ञासा मेटाउने क्रममा आफूलाई राजा फर्किनेमा विश्वास नभएको बताएका हुन् । 

‘तपाईंहरूले पनि अहिले सोध्नुभएको के भने राजा फर्किन्छ त भनेर, मलाई लाग्दैन, ‘नेता कोइरालाले भने, ‘माई खोलामा धेरै पानी बगिसक्यो, यो १२–१५ वर्षमा । अब मलाई विश्वास छैन ।’ 

कोइरालाले राजावादीले राजा फर्काउने प्रयासस्वरुप गरिरहेका क्रियाकलापलाई स्वाभाविक भएको आशय पनि व्यक्त गरे । 

‘मान्छेले कोसिस त गरिराखेका हुन्छन् । कोसिसलाई चेक गर्न हामीले अट्याक गर्ने भन्दा पनि राम्रो काम गरेर चेक गर्नुपर्ने हो,’ उनले भने, ‘त्यो हो राजाको कन्टेस्टमा ।’

नेता कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने गरेको पनि बताए । ‘राजा भन्नुस्, पूर्व हो, तर म राजा नै भन्छु । इन्टरनेशनल चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई प्रेसिडेन्टबाट छोड्छन् नि, हामी नेपालीहरू चाहिँ पूर्व भन्छौँ,’ उनले भने, ‘तर, अमेरिकामा जानुभयो भने राष्ट्रपति नै भन्छन् ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ११ बजे

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक