विदेशी ज्वाइँलाई तत्काल अंगिकृत नागरिकता दिन मिल्दैन–सरकार « Khabarhub

विदेशी ज्वाइँलाई तत्काल अंगिकृत नागरिकता दिन मिल्दैन–सरकार


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तत्काल विदेशी ज्वाइँलाई अंगिकृत नागरिकता दिन नसकिने जनाएको छ ।

गृहसचिव प्रेमकुमार राईले तत्काल विदेशी ज्वाइँलाई नेपालको अंगिकृत नागरिकता दिने पक्षमा सरकार नरहेको प्रस्ट पारेका हुन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महिला सांसदहरुले छोरीले विवाह गरेर ल्याएका ज्वाइँलाई पनि विदेशी बुहारीलाई जसरी नै अंगिकृत नागरिक दिनुपर्ने तर्क गरिरहेका बेला गृह सचिव राईले त्यसका लागि हतारिएर तत्काल निर्णय गर्न नसकिने बताएका हुन् ।

बिहीबारको बैठकमा उनले नेपाली पुरुषले विदेशी नागरिकलाई विवाह गरेर ल्याएमा अंगिकृत नागरिकता दिन सकिने तर महिलाले विवाह गरेर विदेशी पुरुष ल्याएमा नागरिकता दिने व्यवस्था गर्न त्यसको असर बारे कम्तीमा पनि चार वर्ष अध्ययन गर्नुपर्ने सरकारको निष्कर्ष रहेको समितिलाई जानकारी गराए ।

बैठकमा समिति सदस्य यशोदा सुवेदी गुरुङले समानता, न्याय र विभेदरहित कानुन निर्माण गर्नुपर्ने भएकाले महिलाले विवाह गरेर ल्याएका विदेशी नागरिकलाई पनि अंगिकृत नागरिकता दिने गरी कानुन बनाउनुपर्ने बताएकी थिइन् ।

उनले संविधानमा पनि समानताको हकको प्रत्याभूति गरिएकाले पुरुषले विदेशी विवाह गरे नागरिकता पाउने तर महिलाले विवाह गरेर ल्याएका पुरुषलाई नागरिकता दिन नमिल्ने कानूनी व्यवस्था गर्न नहुने तर्क गरेकी थिइन् । सत्तारुढ नेकपाकी सांसदसमेत रहेकी सुवेदीले पुरुषले विवाह गरेर ल्याएका महिलालाई पनि आवश्यक्ता हेरेरमात्रै अंगिकृत नागरिकताको व्यवस्था गर्नुपर्नेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

सांसद गुरुङको सो मतमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहमति जनाएका थिए । उनले समानतामा आधारित भएर अंगिकृत नागरिकताको व्यवस्था गर्न आफ्नो पार्टीको सहमति हुने बताए ।

तर सांसद प्रेम सुवालले भने पुरुष वा महिलाले विवाह गरेर आएका विदेशी नागरिकलाई १५ वर्ष पूरा नभई अंगिकृत नागरिकता दिन नहुने धारणा राखे । उनले मुलुकको सार्वभौमिकतामाथि आँच आउने काम हुन नदिन पनि विवाह गरेका आएका विदेशी नागरिकलाई तत्काल अंगिकृत नागरिकता दिने काम गर्न नहुने बताए ।

विदेशी बुहारी वा ज्वाईँलाई तत्कालका लागि भने राष्ट्रिय परिचय पत्र दिए हुने सांसद सुवालको प्रस्ताव छ ।
सांसद सुवालले जथाभावी नागरिकता वितरण हुने गरी कानून निर्माण गर्न नहुने बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : १७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर