क्रेष्ट माइक्रोको आईपीओमा मागभन्दा साढे ६ गुणा बढी अवेदन  | Khabarhub Khabarhub

क्रेष्ट माइक्रोको आईपीओमा मागभन्दा साढे ६ गुणा बढी अवेदन 


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)मा मागभन्दा ६.५३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ खुलाएको थियो । जसमा १ अर्ब २० करोड ५४ लाख ४५ हजार रुपैयाँ बरबरको १ करोड २० लाख ५४ हजार ४५० कित्ताका लागि आवेदन परेको छ ।

जुन आवेदन आईपीओ खुला गरेको दोस्रो दिन अर्थात शुक्रबार साँझ ५ः०७ बजेसम्ममा परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस)ले जनाएको छ ।

कम्पनीले २२ लाख ५० हजार कित्ताको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमा कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी, १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि शेयर निष्काशन गरेको छ ।

सर्वसाधारणका लागि खुला भएको आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ। आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ११ : ५७ बजे

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्