काठमाडौं महानगरबाट सीप सिकेका ५० प्रतिशत व्यक्ति रोजगार  « Khabarhub

काठमाडौं महानगरबाट सीप सिकेका ५० प्रतिशत व्यक्ति रोजगार 


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप अन्तर्गत अटोमोबाइल्सतर्फ ५० प्रतिशतले रोजगारी पाएका छन् ।

महानगरले दिएको जानकारी अनुसार अटोमोबाइल्स तालिम लिएका एक सय जना मध्ये ५० प्रतिशत रोजगारीमा तथा स्वरोजगार भएका छन् ।

सीप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोबाइल्स तालिम पूरा गरेका व्यक्तिलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा ५० प्रतिशत रोजगारीमा रहेको जानकारी प्राप्त भएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिइन् ।

केहीले भने व्यवसायिक क्षमता बढाएर आफ्नै व्यवसायलाई उत्थान गरिरहेको सूचना आएको निरौलाको भनाई थियो ।

महानगरले सीप मेलामा अटोमोबाइल्स सिकेका प्रशिक्षार्थीहरूलाई ‘अन द जब ट्रेनिङ’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्द्धन र प्रतिवद्धता द जब ट्रेनिङ’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको थियो ।

गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा ‘अन द जब ट्रेनिङ’ कार्यक्रम सञ्चालन भएको महानगरको भनाइ छ ।

महानगरले विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सीप मेला २०८१’ आयोजना गरेको थियो । 

‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम दिएका थिए ।

मेलामा उत्पादन भएको जनशक्तिलाई रोजगारी उपलब्ध गराउने महानगरले ‘रोजगार मेला’ आयोजना गरिएको थियो । दुई दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा सङ्घसंस्थाका प्रतिनिधि आएर सीपयुक्त जनशक्तिसँग भेटेर कुरा गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : ५० बजे

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली