प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि लुम्बिनीमा हुँदै « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि लुम्बिनीमा हुँदै


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

आजदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।

पीएम कपका खेलहरू सिद्धार्थ रङ्गशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन् ।

प्रतियोगिताको पहिलो दिन आज सिद्धार्थ रङ्गशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् । यसैगरी एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब तथा देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।

खेलहरू सिङ्गल राउन्ड रोबिनका आधारमा खेलाइनेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले तीन पटक तथा एपीएफ र त्रिभुवन आर्मीले दुई–दुई पटक उपाधि जितेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : १२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।