इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने « Khabarhub

इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै सुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो ।

साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ।

इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको बताउदै थप विवरण भने दिएको छैन । इजरायल र हमासबीच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय भएको थियो ।

अमेरिकाले हमाससँग वार्ता सुरु गर्ने बारेमा पनि जानकारी गराएको छ । गत हप्ता, इजरायलले हमासलाई युद्धविराम सम्झौता बढाउन र बाँकी आधा बन्धकहरूलाई रिहा गर्न दबाब दिएको थियो । तर, सहमति हुन सकेन । हमासले अझै पनि २४ जना बन्धक र ३५ जनाको शव राखेको छ । इजरायलले हमासलाई दबाब दिन गत हप्ता गाजामा हुने सबै आपूर्ति बन्द गरेको थियो ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणमा २५ जना जीवित बन्धकहरूलाई रिहा गरिएको थियो र आठ जनाको शव हस्तान्तरण गरिएको थियो । बदलामा, इजरायलले लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो । इजरायलले गाजाको बफर जोनबाट आफ्ना सेना फिर्ता बोलाएको छ, त्यसपछि हजारौं प्यालेस्टिनीहरू गाजा फर्कन थालेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : ५९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा