दुबोको माला लगाएर पोखराबाट हिँडे पूर्वराजा शाह « Khabarhub

दुबोको माला लगाएर पोखराबाट हिँडे पूर्वराजा शाह


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौंतर्फ हिँडेका छन् ।

गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् । परिवारसहित उनी समिट एयरको चार्टर्ड विमानमार्फत् काठमाडौं प्रस्थान गरेका हुन् ।

पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको छ ।

उनलाई काठमाडौंमा पञ्जेबाजासहित विशेष रूपमा स्वागत गरिने तयारी छ। अहिले उनको स्वागतका लागि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : ४४ बजे

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी