बीमा दाबी गर्न आफ्नै पसलमा आगजनी, पसल सञ्चालक पक्राउ | Khabarhub Khabarhub

बीमा दाबी गर्न आफ्नै पसलमा आगजनी, पसल सञ्चालक पक्राउ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–८ न्युरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८१ फागुन १६ गते साँझ ७:०५ बजे शर्मा आईटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकल टोली खटिएको थियो। आगो करिब ७:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारले  १ करोड बराबरको बीमा गराएको पाइएको छ । घटनापछि उनले शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गरेका थिए ।

अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे संदेहजनक विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति, संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगलागी गराइएको आशङ्कामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिमाथि ‘आपराधिक प्रवेश तथा आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : २१ बजे

नबिल बैंकले ल्यायो विविध बैंकिङ सेवा, हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान

काठमाडौं– नबिल बैंकले वातावरणीय संरक्षण र स्थायित्वलाई केन्द्रमा राखी विभिन्न

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका