द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीद्वारा बञ्जी जम्प | Khabarhub Khabarhub

द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीद्वारा बञ्जी जम्प


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कुष्मा – एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत–बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको छ ।

आइतबार नेपाल प्रहरिको ‘प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)’ तालिमअन्तर्गत दशौं समूहमा तालिमरत प्रहरीहरुले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले जानकारी दिए ।

‘भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमाण्डोहरुलाई तयार गर्न साहसिक गतिविधिमा सम्लग्न गराइएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक जबरा थप्छन्, ‘नेपालमा मात्र नभइ विदेशमा समेत सेवा बिस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर द क्लिफसँग सहकार्य गर्दै आएका छौँ ।’

तालिमअन्तर्गत १ सय ६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरत प्रहरीहरुलाई विभिन्न साहसिक खेलहरूमा सहभागी गराउँदै आएको छ ।

तालिमअन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरक (फरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ।

बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवास सुविधा पनि छ। इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन्।

क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ४० बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन