एम्बाप्पे र जुनियरको गोलमा रियलको जित « Khabarhub

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार भएको खेलमा रियल म्याड्रिडले रायो भल्कानोलाई २-१ ले हराएको छ। जितपछि रियल र बार्सिलोनाको अंक बराबर भएको छ।

एक दिन अघि बार्सिलोनाको ओसासुनासँगको निर्धारित खेल टिमका पुराना डाक्टरको निधनले स्थगित भएको थियो।

आइतबारको खेलमा ३० औँ मिनेटमा केलिएन एम्बाप्पेको गोलमा रियल म्याड्रिडले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि नै भिन्सियर जुनियरले अर्को गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा भल्कानोको पेड्रो डियाजको प्रहार क्रस बारको भित्र लागेर गोलमा परिणत भएको थियो।

एट्लेटिको म्याड्रिड भने आइतबार गेटाफेसँग अप्रत्याशित रूपमा पराजित भयो छ। अलेक्जेन्डर सोरलोथको पेनाल्टी गोलमा पहिलो हाफमा एट्लेटिकोले अग्रता लिए पनि अन्तिम दुई मिनेटमा गेटाफेका माउरा आराम्बारीले दुई गोल गरेका थिए।

स्पेनिस लिगका अन्य खेलमा एथलेटिक क्लब र मार्लोका बीच ११ गोलको बराबरी भयो। रियल बेटिसले लास पल्मासलाई १-० ले हरायो। सेभियाले रियल सोसिडाडलाई १-० ले हरायो।

तालिकामा बार्सिलोना र रियल म्याड्रिडको ५७ अंक छ। एट्लेटिको म्याड्रिडको ५६ तथा एथलेटिक क्लबको ४९ अंक छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ४२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु