युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो | Khabarhub Khabarhub

युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले १-१ गोलको बराबरी खेलेका छन्। सो खेलको पहिलो हाफमा आर्सनलले दबाब दिए पनि अग्रता भने युनाइटेडले लिएको थियो।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा कप्तान ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। उनले २६ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन्। ७४ औँ मिनेटमा स्टेफन राइसले आर्सनलका लागि गोल गरे।

बराबरीपछि शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकपछि रहँदै आर्सनल दोस्रो स्थानमा छ। लिभरपुलको ७० तथा आर्सनलको ५५ अंक छ। युनाइटेड ३४ अंकसहित १४ औँ स्थानमा छ।

प्रिमियर सिपको आइतबार भएको अर्को खेलमा चेल्सीले लिसेस्टरलाई १-० ले हरायो। चेल्सीका लागि मार्क कुकुरेलाले ६० औँ मिनेटमा गोल गरे। अर्को खेलमा टोटनहाम हस्टस्पर्स र बोर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन्।

जितपछि चेल्सी ४९ अंकसहित चौथो स्थानमा उक्लेको छ। लिसेस्टर भने १७ अंकसहित १९ औँ स्थानमा छ। बोर्नमाउथ ४४ अंकसहित आठौँ तथा टोटनहाम ३४ अंकसहित १३ औँ स्थानमा छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ५३ बजे

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति

प्रतिनिधिसभा बैठक बस्दै, सम्बन्धित मन्त्रीहरुले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र