युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो « Khabarhub

युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले १-१ गोलको बराबरी खेलेका छन्। सो खेलको पहिलो हाफमा आर्सनलले दबाब दिए पनि अग्रता भने युनाइटेडले लिएको थियो।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा कप्तान ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। उनले २६ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन्। ७४ औँ मिनेटमा स्टेफन राइसले आर्सनलका लागि गोल गरे।

बराबरीपछि शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकपछि रहँदै आर्सनल दोस्रो स्थानमा छ। लिभरपुलको ७० तथा आर्सनलको ५५ अंक छ। युनाइटेड ३४ अंकसहित १४ औँ स्थानमा छ।

प्रिमियर सिपको आइतबार भएको अर्को खेलमा चेल्सीले लिसेस्टरलाई १-० ले हरायो। चेल्सीका लागि मार्क कुकुरेलाले ६० औँ मिनेटमा गोल गरे। अर्को खेलमा टोटनहाम हस्टस्पर्स र बोर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन्।

जितपछि चेल्सी ४९ अंकसहित चौथो स्थानमा उक्लेको छ। लिसेस्टर भने १७ अंकसहित १९ औँ स्थानमा छ। बोर्नमाउथ ४४ अंकसहित आठौँ तथा टोटनहाम ३४ अंकसहित १३ औँ स्थानमा छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ५३ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना