प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । तीनवटै खेल बिहान ९ बजे सुरु हुनेछन् ।

बागमती र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ भने लुम्बिनी र पुलिसबीचको खेल तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ । यस्तै, गण्डकी र सुदूरपश्चिमको खेल दाङको लमहीस्थित  देउखुरी क्रिकेट स्टेडियममा हुनेछ । 

बागमती, लुम्बिनी र सुदूरपश्चिमले आज आफ्नो दोस्रो खेल खेल्दैछन् भने आर्मी, नेपाल पुलिस क्लब र गण्डकीले पहिलो खेल खेल्न लागेका हुन् । 

यसअघिको खेलमा बागमती लुम्बिनीसँग पराजित भएको थियो भने सुदूरपश्चिमले कर्णालीसँग हार बेहोरेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना