बैंकिङ क्षेत्रको नाफा बढ्यो, वाणिज्य बैंक समूह अगाडि « Khabarhub

बैंकिङ क्षेत्रको नाफा बढ्यो, वाणिज्य बैंक समूह अगाडि


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ क्षेत्रको नाफामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस महिनाको तुलनामा माघ महिनामा क, ख र ग वर्गका बैँकहरूको नाफामा ३१.१२ प्रतिशतले वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७८-७९ को असारको तुलनामा आर्थिक वर्ष ०७९-८० को असारमा ६.७९ प्रतिशतले घट्न पुगेको बैंकिङ क्षेत्रको नाफा आर्थिक वर्ष ०७९-८० को असारको तुलनामा आर्थिक वर्ष ०८०-८१ को असारमा ८.८१ प्रतिशतले घट्न पुगेको थियो ।

तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा अन्य समूहको तुलनामा वाणिज्य बैंक समुहको नाफामा वृद्धिदर अगाडि देखिएको छ । पुस महिनाको तुलनामा माघ महिनामा वाणिज्य बैँकहरूको नाफामा ३१.४६ प्रतिशतले वृद्धि हुन पुगेको तथ्यांकले देखाएको छ । 

पुस महिनामा वाणिज्य बैंकहरूले २७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा माघ महिनामा यस्तो नाफा ३६ अर्ब ६ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, पुस महिनाको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीको खुद नाफा क्रमशः २८.३७ र २३.११ प्रतिशतले वृद्धि भएको छ । पुस महिनामा विकास बैंकहरूले २ अर्ब ६८ करोड २० लाख रुपैयाँ आम्दानी गरेका थिए भने माघ महिनामा उनीहरूको खुद नाफा ३ अर्ब ४४ करोड २ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, फाइनान्स कम्पनीहरूले पुस महिनामा २३ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा २८ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै