बाह्य अनुदानमा भर नपर्न गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

बाह्य अनुदानमा भर नपर्न गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापिकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पारे ।

राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमलाई लक्ष्य गर्दै उनले भने  ‘उता जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : २६ बजे

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै