राजाहरूले गरेका ज्यादती सम्झेर जनता राजतन्त्रप्रति आकर्षित हुँदैनन् : महामन्त्री शर्मा « Khabarhub

राजाहरूले गरेका ज्यादती सम्झेर जनता राजतन्त्रप्रति आकर्षित हुँदैनन् : महामन्त्री शर्मा


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरू ठीक ढंगबाट अगाडि बढे नागरिक असन्तुष्ट नहुने बताएका छन् । कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्‌घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।   

‘हामी जिम्मेवार डाक्टरले डाक्टर भएर राम्रोसँग उपचार गर्दैगर्दा मान्छे झाँक्रीतिर लक्षित हुँदैन,’ महामन्त्री शर्माले भने, ‘मान्छे असन्तुष्ट भएर एकछिन झाँक्रीतिर झारफुक गर्दा पो हुन्छ कि भन्यो भने, त्यो झारफुक गर्दै गरेको मान्छेले विद्यावारिधि प्राप्त गर्दैन ।’

महामन्त्री शर्माले विगतमा राजाहरूले गरेका ज्यादती स्मरण गर्दै जनता फेरि त्यही राजतन्त्र प्रति आकर्षित नहुने पनि जिकिर गरे । 
 
‘हिजो हामीले लोकतन्त्र माग्दै गर्दा राजाको शासनले मोबाइल बन्द गर्‍यो, मुख बन्द गर्‍यो, लेख्न बन्द गर्‍यो । राजाको शासनले कहिले फाँसीमा झुन्ड्यायो,’ उनले भने, ‘बा महेन्द्रले फाँसीमा झुण्डयाए, छोरा ज्ञानेन्द्रले एसएलआर चलाएर नेपाली जनतामाथि प्रहार गरे । अनि त्यो पद्दतितर्फ मान्छे खोजी गर्दैछ भन्ने छ भने त्यो भ्रममात्रै हो ।’ 

महामन्त्री शर्माले अहिलेको अवस्थामा कांग्रेसले आफूलाई नयाँ ढंगले व्यवस्थित गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 ‘यो बेलामा हामीले आफूलाई नयाँ ढंगले व्यवस्थित गरेर कार्य गर्न जरुरी छ,’ उनले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ०७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका