देउवा भन्छन्- कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ « Khabarhub

देउवा भन्छन्- कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीका कारण कुनै एक दलको एकल बहुमत प्राप्त गर्न सहज नभएको बताएका छन् । 

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम सम्मेलनको धनगढीमा उद्घाटन गर्दै उनले एकल बहुमत प्राप्त गर्ने अवस्था नभएका कारण कसै न कसैसँग चुनावी गठबन्धन गर्नुपर्ने अवस्था आउने बताए । 

‘हाम्रो संविधान समावेशी संविधान छ । समानुपातिक प्रणालीको आधारमा समावेशी संविधान छ । राष्ट्र नै समावेशी पद्धतिमा चलेको छ,’ सभापति देउवाले भने, ‘यस कारण कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत प्राप्त गर्न धेरै सजिलो छैन । कुनै न कुनै पार्टी सित गठबन्धन गर्नुपर्ने हुन्छ । ठूलो भएता पनि हामीसित बहुमत छैन । भोलि पनि हुने सम्भावना कम छ ।’

सभापति देउवाले कांग्रेस सच्चा मानेमा एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने पनि बताए । ‘एक भएर लागेको खण्डमा, सच्चा मानेमा एक हुन सकेको खण्डमा एक्लै बहुमत प्राप्त गर्न सक्दछ,’ उनले भने, ‘त्यसकारण सबै साथीभाइलाई आफ्नो मतभेद, आपसी असमझदारीलाई, प्रतिस्पर्धालाई एउटा पाटोमा राखेर, प्रतिस्पर्धा हुन आवश्यक छ । तर, त्यसैबाट पार्टीलाई हानी हुने काम गर्नु हुँदैन । पार्टीलाई एक गर्न सकेको खण्डमा हाम्रो पार्टी बहुमत प्राप्त गर्न सक्छ ।’

सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउने कामको सुरुवात गृह प्रदेश सुदूरपश्चिमबाट होस् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘सुदूरपश्चिमबाट यसको सुरुवात होस् भन्न चाहन्छु,’ उनले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल