राजावादीले प्रदर्शन गरेकै दिनबाट दुई महिनालाई थपियो काठमाडौंका यी ठाउँमा निषेधाज्ञा « Khabarhub

राजावादीले प्रदर्शन गरेकै दिनबाट दुई महिनालाई थपियो काठमाडौंका यी ठाउँमा निषेधाज्ञा

सहायक प्रजिअ पौडेल भन्छन्- नयाँ निर्णय भएको होइन, पुरानैको निरन्तरता


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किने एक दिनअघि नै काठमाडौंका विभिन्‍न स्थानमा निषेधाज्ञा जारी गरेको खुलेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गत शुक्रबारको निर्णयअनुसार राजधानी सहरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेका हुन् ।

प्रजिअ तिवारीले जारी गरेको निषेधाज्ञाको सूचना पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा राखिसकेको छ ।

तर उक्त सूचना ‘जिल्ला प्रशासन कार्यालय काठमाडौं’ नाम गरेर खोलिएको फेसबुक पेजमा राखिएको छैन । त्यहाँ अन्तिम सूचना फेब्रुअरी २३ तारिखमा राखिएको छ ।

प्रशासनको वेबसाइटमा अपडेट गरिए पनि यो सूचना सामाजिक सञ्जालमा पुगेको थिएन । उक्त सूचना आफूलाई राजावादी भन्दै ज्ञानेन्द्र शाहको पक्षमा वकालत गरिरहेका पूर्वसचिव भीम उपाध्यायसहितले सोमबारदेखि भाइरल बनाइरहेका छन् ।

तर काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले हरेक दुई दुई महिनामा निषेधाज्ञा थप्ने कार्यलाई निरन्तरता मात्रै दिइएको बताए ।

‘यो कुनै नौलो निर्णय होइन, पुरानै निर्णयलाई प्रशासनले निरन्तरता दिएको हो’, उनले खबरहबसँग भने, ‘सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा दुई दुई महिनामा थप्ने चलन छ । यस पटक पनि त्यही भएको हो । नयाँ स्थान तोकेर नयाँ निर्णय भएको होइन ।’

प्रजिअ तिवारीले जारी गरेको उक्त सूचनामा काठमाडौंका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ । राजावादीहरूले प्रदर्शन गर्ने दिन आइतबारदेखि नै लागु हुने गरी उक्त निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रजिअ तिवारी जारी गरेको सूचना अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा लागु भएको भनिएको छ। यी स्थानमा यसअघि पनि निषेधाज्ञा थियो । त्यसैलाई निरन्तरता मात्रै दिइएको सहायक प्रजिअ पौडेलले बताए ।

निषेधाज्ञाको सूचनामा अबको दुई महिनाका लागि ठूला भेला र प्रदर्शन गर्न नपाइने प्रशासनले भनेको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराऊ र प्रदर्शन गर्न नपाइने पनि उल्लेख गरिएको छ । यसअघि पनि यही व्यवस्था थियो । पुरानै व्यवस्थालाई निरन्तरता मात्रै दिइएकाले नौलो ठान्नु जरुरी नभएको सहायक प्रजिअ पौडेलले बताए ।

प्रशासनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : १९ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न