युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम  « Khabarhub

युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन्। कालिकोट जिल्लाको शुभकालिका–६, हाउडिमा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालय, कक्षा १० मा अध्ययनरत आचार्यले ‘न्यायको खोजी’ शीर्षकको कविता प्रस्तुत गरेका थिए।

देशभरका सातवटै प्रदेशका प्रथम स्थान हासिल गरेका प्रतियोगीबीच भएको अन्तिम प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रस्तुति दिँदै शीर्ष स्थान हासिल गरे। प्रतियोगितामा मधेश प्रदेश दोस्रो र लुम्बिनी प्रदेश तेस्रो भएका थिए।

कवितामा महिला हिंसा, अधिकार र वातावरण संरक्षण जस्ता महत्वपूर्ण सामाजिक मुद्दाहरू उठाइएका थिए। निर्णायक मण्डलका अनुसार आचार्यको कविता समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालको मात्र नभई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो, जसले उनलाई पहिलो स्थान दिलायो।

पुरस्कार ग्रहण गर्दै किशोर आचार्यले भने ‘न्याय केवल अदालतमा खोज्ने कुरा होइन, समाजमा समानता, सम्मान र सचेतनाको स्तर बढाउन सके न्याय स्थापना गर्न सकिन्छ।’

युएन डीपी नेपालका प्रतिनिधिहरूले प्रतियोगिता सफल भएको बताउँदै विजयी कविताहरूलाई विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्ने प्रतिबद्धता जनाएका छन्।

आचार्यको सफलताले कर्णाली प्रदेशको साहित्यिक पहिचानलाई थप बलियो बनाउँदै नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ०९ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।