भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै | Khabarhub Khabarhub

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 
चितवन– भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ  । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ। 

केन्द्र  प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट बढेकोमा अहिले विस्तारै घट्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा १० दशमलव ७७, २०७७-७८ मा पाँच दशमलव ४८, २०७८-०७९ मा पाँच दशमलव ४९, २०७९-०८० मा सात दशमलव ६२ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८०-०८१ मा छ दशमलव ५२ मा रहेको थियो । यस आवमा भने यस विगत वर्षका भन्दा कम चुहावट भएको पाइएको श्रेष्ठले बताए । 

चुहावट नियन्त्रणका लागि सचेतना अभिवृद्धिलगायत विभिन्न कार्यक्रम गर्नाका साथै समाजमा साक्षरता बढेसँगै चुहावटमा कमी आएको उनको बुझाइ छ । 

विद्युत् चुहावटमा कमी आएसँगै ग्राहकको सङ्ख्या थपिएको छ । आर्थिक वर्ष २०७६-७७ मा ५७ हजार चार सय ६८ ग्राहक रहेको यस कार्यालयमा हाल ७२ हजार ८१ ग्राहक पुगेको छ । 

आर्थिक वर्ष २०७६-७७ मा १६ दशमलव दुई करोड युनिट विद्युत् खपत भएको यस केन्द्रले हाल २२ दशमलव तीन करोडभन्दा बढी विद्युत् बिक्री गर्दै आएको छ ।  

पछिल्लो समय अनलाइन महसुल बुझाउने ग्राहकको सङ्ख्यासमेत बढ्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा ३४ प्रतिशत ग्राहकले अनलाइनबाट विद्युत्  महसुल बुझाउने गरेकामा हाल ६२ प्रतिशत ग्राहकले अनलाइन विद्युत् महसुल बुझाउने गरेका छन् । 
 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ४१ बजे

एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित

काठमाडौं– २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा

बिहान यी काम गर्दा दिनभरलाई फाइदा

काठमाडौं– संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो

मस्को – रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार

प्रतिनिधिसभा बैठक बस्दै, सांसदहरूका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक

सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक बस्दै