राजावादीले सडक तताउनु आवश्यक छैन : महासचिव पोखरेल « Khabarhub

राजावादीले सडक तताउनु आवश्यक छैन : महासचिव पोखरेल


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गौशाला– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताएका छन् ।

आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गरेका छन् । यति हुँदासमेत अहिले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक छैन् ।’

राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको धारणा राखे । अहिले मधेसी जनताको पहिलो रोजाइ नेकपा (एमाले) रहेको उनको भनाइ थियो  ।

कार्यक्रमकाबीच नेकपा एमालेका मधेस प्रदेश इनचार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेको विकास गतिविधिको सम्बन्धमा यहाँका आमसञ्चार चुकेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ५४ बजे

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा– सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको