युवासंघका झापा जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार, अवस्था गम्भीर « Khabarhub

युवासंघका झापा जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार, अवस्था गम्भीर


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बे ‘राज’सहित तीन जनामाथि गएराति आक्रमण भएको छ । आक्रमणमा तीनैजना गम्भीर घाइते भएका छन् ।

आक्रमणमा घाइते हुनेहरूमा आङ्देम्बेसहित विश्वदीप राजवंशी र अजय खवास छन् । मा तीनैजना घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

इन्चार्ज आङ्देम्बेको आईसीयु र अरू दुईजनाको अर्थोवार्डमा उपचार भइरहेको छ । आङ्देम्बेलाई खुकुरी प्रहार गरिँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ। अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनीहरूमध्ये आङ्देम्बेलाई बिर्तामोड–४ का खगेन्द्र खालिङले राति करिब १ बजे घरमा बोलाएका खुलेको छ। घरभित्र पस्न चेनगेटमा पुग्नेबित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते खवासले पत्रकारहरूलाई बताएअनुसार आङ्देम्बेको हत्या गर्ने उद्धेश्यले खुकुरी प्रहार भएको हो । ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ’, खवासले भने ‘मेरा हातका ४ वटा औँला काटिए । आक्रमण योजनावद्ध गरिएको छ ।’

अर्का घाइते राजवंशीलाई भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका त्यही समूहका ४ जनाले आक्रमण गरेका थिए ।

घटनाको जानकारी पाएपश्चात संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : २४ बजे

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको