‘१२ गाउँ’को सिक्वेल रोकेर ‘राम नाम सत्य’ गर्दै विराज « Khabarhub

‘१२ गाउँ’को सिक्वेल रोकेर ‘राम नाम सत्य’ गर्दै विराज


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोजमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ सुपरहिट बन्यो । यसका नायक र निर्देशक विराज भट्ट हुन् ।

होम प्रोडक्सनको सुपरहिट फिल्म दिएकाले लामो समयपछि नेपाली सिनेमा क्षेत्रमा विराजको उपस्थिति स्मरण हुने गरी देखिएको छ ।

उनले अब कुन फिल्म गर्लान् ? भन्नेमा आम दर्शकको चासो छ । यता विराज भने ‘१२ गाउँ’को सिक्वेल ल्याउने तयारीमा थिए ।

तर, अहिले ‘१२ गाउँ’ सिक्वेलको निर्माणको कामलाई विराजले विश्राम दिएका छन् । उनी बाहिरी ब्यानरको फिल्म ‘राम नाम सत्य’मा अनुबन्ध भएका छन् ।

विराज र ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दबीच कागजी सम्झौता भइसकेको छ ।

‘राम नाम सत्य’का कथा वस्तु रोचक लागेकाले होम प्रोडक्सनको फिल्मलाई केही समय रोकेको विराजले बताए । यो फिल्म सकिएपछि विराज सिक्वेलको काममा लाग्ने बुझिएको छ ।

फिल्मका लेखक समेत रहेका निर्देशक चन्दका अनुसार अन्य कलाकार चयनको काम भने बाँकी छ । सम्झौता भएका कलाकारहरु सार्वजनिक गर्दै जाने तयारीमा उनी छन् ।

यस फिल्मको छायाङ्कन भने आगामी नयाँ वर्षको सुरुवातबाट हुने बताइएको छ । विशेष योजना रहेकाले फिल्मको प्रि-पोडक्सनमा केही समय बढी लाग्ने चन्दले बताए ।

यस फिल्ममा एक्सन, लभ स्टोरी र कमेडीको मिश्रण हुने निर्देशक चन्दले बताए । फिल्मका निर्माताहरु उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमली हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ०८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले