प्रदेशको अधिकार कटौतीविरुद्ध सर्वोच्च जाने मुख्यमन्त्री राउतको चेतावनी « Khabarhub

प्रदेशको अधिकार कटौतीविरुद्ध सर्वोच्च जाने मुख्यमन्त्री राउतको चेतावनी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले संविधानको भावना विपरित प्रदेशको अधिकार कटौती हुनेगरी ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री राउतले संविधान विपरित संघीय सरकारले ल्याएको विधेयक स्वतः खारेज हुने संवैधानिक व्यवस्था भएकाले पनि संविधान विपरित हुने गरी प्रदेश सरकारसँग सम्बन्धित संघीय सरकारले ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले संघीय सरकारले आवश्यक वातावरण नबनाएकाले प्रदेश सरकारले कामै गर्न नसकेको तर्क पनि गरे ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई दिएको वन व्यवस्थापन गर्ने अधिकार कटौती हुने गरी संघीय सरकारले वन विधेयक ल्याएको दृष्टान्त पेश गर्दै यसलाई खारेज गराउन अदालत जानुको विकल्प नरहेको स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गएपनि सोही अनुसारको मानसिकता संघीय सरकारले नलिएको दावी गर्दै असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : १४ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर