डेंगु नियन्त्रणमा सरकारलाई दोष दिने ठाउँ छैनः महाशाखा « Khabarhub

डेंगु नियन्त्रणमा सरकारलाई दोष दिने ठाउँ छैनः महाशाखा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ ।

विभागले विहिबार संचारकर्मीसंग अन्तरक्रिया गर्दै सबै भन्दा बढी प्रदेश ३ डेंगुबाट प्रभावित भएको जनाएको हो ।

जिल्लागत रुपमा भने चितवन सबै भन्दा बढी प्रभावित भएको छ । त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए ।

रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दै उनले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

उनले लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धीत निकायहरुले सबै सम्बन्धित निकायसंग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भइरहेको जानकारी दिए ।

उनले खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने तर्क गरे । घरघरमा रहेका भाडामा रहेको पानी, प्लाष्टिकका जगमा रहेको पानी तथा गमलामा वृद्धि हुने लामखुट्टे भएकाले सबैका घरमा गएर सरकारले सरसफाई गर्नुपर्ने भन्ने कुरा तर्कसंगत नहुने भएकाले प्रत्येक व्यक्ति आफैमा सजग हुनुपर्ने उनले बताए ।

विभागका अनुसार हाल मुलुकभर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना डेंगुबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : ०१ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६