सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान « Khabarhub

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

वित्तीय सेवा प्रदायक कम्पनी क्रिसिल इन्टिलिजेन्सले सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न अनिश्चितताका बावजुद सन् २०२६ मा भारतको कुल ग्राहस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने उल्लेख छ ।

उक्त संस्थाले सन् २०२६ मा मनसुन सिजन र उपभोक्ता मूल्य सामान्य रहने र यस कारण खाद्य सामग्रीको मूल्य स्थीर रहने पूर्वानुमान गरेको छ । खाद्य सामग्रीमा मुद्रास्फीति घट्दै गएको र सरकारले पनि करदातालाई राहत दिने नीति ल्याएकाले उपभोगमा वृद्धि हुने क्रिसिलको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका कार्यकारी निर्देशक तथा सीईओ अमिश मेहताका अनुसार यस अवधिमा उत्पादन र सेवा क्षेत्रले भारतीय अर्थतन्त्रको सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । सन् २०२५ देखि सन् २०३१ सम्म भारतमा उत्पादन क्षेत्रको औसत वृद्धि ९ प्रतिशत हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : २१ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय