तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू) « Khabarhub

तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू)


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्

नयाँ वर्षका रुपमा यो समुदायले तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्। यस पर्वमा आफ्नो थातथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइँ सरेर काठमाडौं आएका थकाली समुदायको घरका कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन् ।

त्यसैगरी छोरी-ज्वाइँ, भान्जी र अरट्ठ आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर खेल्ने चलन यो पर्वमा चलेको छ ।

थकाली समुदायले यसदिन घरमै बनाएको छ्याङ (लोकल मदिरा) समेत खाने प्रचलन छ । थकाली समुदायले पहिले पहिले फागु पूर्णिमाको रङ्गहरू लगाउँदैन थिए । तर आजभोलि त्यो चलन पनि सुरू भएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइँ सरेर देशका विभिन्न सहर हुँदै विदेशमासमेत गएका छन् ।

तोरन्लक पर्व थकाली समुदायको एक महान पर्व हो । हिउँद यामपछि वसन्त ऋतुको आगमनसँगै यो पर्व सुरू हुने गर्दछ । देश-विदेशमा छरिएका थकाली युवायुवती पर्व मान्न यसबेला जन्मथलो फर्कने गर्दछन् ।

तोरन्ल पर्वको मुख्य विशेषता पितृ पूजा हो । थकाली समुदायका मानिसले आफ्ना दिवंगत पितृलाई खुसी राख्न चोखो पानी चढाउने र मीठा मीठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन् ।

पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्ट ३ दिनसम्म मध्य रातमा उठेर पितृको नाममा प्रसाद चढाउने चलन रहेको छ ।यसरी पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी भएर उद्दार हुने विश्वास गरिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १२ : ३३ बजे

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार